कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

6

विराटनगर, ३ मङ्सिर । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ । आज बसेको मीन्त्रपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि आयोगका उपाध्यक्ष रहेका डा.राजेन्द्र अधिकारीले कात्तिक २० गतेदेखि लागु हुने गरी राजीनामा दिएपछि रिक्त बनेको पदमा नयाँ नियुक्ति गरिएको हो । प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...