पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ : डा.महत

21

काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले सार्वजनिक रुपमा सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाइलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ । अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ ।”

त्यस्तै, उहाँले महाधिवेशनको विषयमा केही निर्णय भइनसकेको भन्दै बैठकको अन्तिम दिनसम्म सबैको एकमत निर्णय आउने जानकारी दिनुभयो । राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन उपयुक्त नहुने उहाँको भनाइ छ ।

“यतिबेला महाधिवेशन प्रमुख विषय बनेको छ । १५औँ अधिवेशन गर्नुपर्छ भन्नेमा सबैको एकमत छ । तर, राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन कति उपयुक्त छ र सँगै त्यसको लागि यथेष्ट छलफल पुगेको छैन । बैठकको अन्तिमसम्म एकतापूर्ण निष्कर्षमा हामी पुग्छौँ,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...