सैनामैना मेमोरियल स्कुलमा कृषि प्रयोगात्मक ‘च्याउ उत्पादन’ कार्यक्रम सम्पन्न

14

रुपन्देही, २३ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित सैनामैना मेमोरियल स्कुलमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूका लागि पाठ्यपुस्तकमा आधारित कृषि प्रयोगात्मक कार्यक्रमअन्तर्गत च्याउ उत्पादन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । शनिबार विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा कृषि ज्ञानप्रति रुचि जगाउने र ‘गरेर सिक्ने’ क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले खाने च्याउको उत्पादन, च्याउको प्रजनन प्रक्रिया तथा बीउ उत्पादनसम्बन्धी व्यावहारिक अध्ययन गरेका थिए । यस क्रममा उनीहरूले कञ्चन गाउँपालिका–१, रुपन्देहीस्थित स्पिन्जर च्याउ फर्ममा भ्रमण गरी प्रत्यक्ष रूपमा आवश्यक जानकारी हासिल गरेका थिए ।

विद्यालयका प्राचार्य डिबी खत्री (प्रदीप)ले यस्ता क्रियाकलापले विद्यार्थीमा ‘गरेर सिक्ने’ तथा परम्परागत कृषि प्रणालीमा आधारित नभइ आधुनिक कृषि प्रणाली अपनाउन र सम्पूर्ण विद्यार्थीहरुलाई आगामी दिनमा यस्ता व्यवहारिक कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रम विद्यालयका विज्ञान शिक्षक हेविन्द्र छन्त्यालको संयोजकत्वमा तथा शिक्षक कमल खड्का र विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...