यात्रा टुङ्गिँदै गर्दा हामी एक हिसाबले खुसी नै छौँ : नेतृ झाँक्री

11

काठमाडौँ, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी)की नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुङ्गिँदै गर्दा खासै दुखेसो नलागेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले आज पार्टीसँगको यात्रा टुङ्गिँदा एक हिसाबले खुसी नै भएको बताउनुभयो । उहाँले समाजवादी पार्टीसँगको यात्रा गलत हो भन्ने थाहा हुँदाहुँदै पनि सुधार गर्नका लागि केही जिम्मेवारी भएकाले छोड्न नसकेको भन्दै अहिले यो यात्रा टुङ्गिएको जानकारी दिनुभयो ।

“यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिला थाहा पाएका थियौँ, यो गलत बाटो हो भन्ने पनि थाहा थियो तर त्यस्लाई सुधार गर्नका लागि हामीसँग केही जिम्मेवारीहरु थिए । त्यहीँ कारणले गर्दा त्यो यात्रा बीचैमा टुङ्ग्याउन सकेका थिएनौँ तर आज यो यात्रा टुङ्गिएको छ । तर, यात्रा टुङ्गिँदै गर्दा हामी एक हिसाबले खुसी नै छौँ,” उहाँले भन्नुभयो ।

उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा लागेको भन्दै आजबाट त्यो विश्वास पनि सकिएको बताउनुभयो । उहाँले समाजवादी पार्टीसँगको यात्रा नयाँ पार्टी विघटन सँगसँगै सकिएको दाबी गर्नुभयो ।

“नेकपा (एकीकृत समाजवादी) पार्टी निमार्णका क्रममा एउटा अभियानमा चल्छ भन्ने विश्वासका साथमा हामी लागेका थियौँ तर त्यो आजबाट सकिएको छ । समाजवादी पार्टीसँगको यात्रा त्यो पार्टी विघटन सँगसँगै टुङ्गियो । त्यो पार्टीसँगको यात्रा टुङ्गिसके पछाडि हाम्रो रोकिएको अवस्था हो । हामीभित्र पनि धेरै आइडियाहरु छ । हामीसँग पनि थुप्रै साथीहरु छन्, तर यो गर्नुको कारण यसको १ बजेपछि हाम्रो पार्टीको औपचारिक घोषणा हुँदै छ,” उहाँले भन्नुभयो ।

नेतृ झाँक्रीले समाजवादी पार्टी, दलभित्रका अन्तरिक लोकतन्त्रहरु खुम्चिएको बेला निमार्ण भएको भन्दै जनतामा भरोसा रहेकै कारण भरोसालाई डोर्‍याउँदै पार्टी निमार्ण गरेको तर समयले पार्टी विर्सजन गर्ने बनाएको पनि बताउनुभयो ।

“समाजवादी पार्टी यस्तो बेला निमार्ण भएको थियो जुनबेला दलभित्रका अन्तरिक लोकतन्त्रहरु पनि खुम्चिएको थियो, जनतामा भरोसा थियो तर त्यो भरोसालाई डोर्‍याउन सक्छौँ होला भन्ने विश्वासले पार्टी निमार्ण गरेको थियौँ । तर, समयले पार्टी विर्सजन गर्ने बनायो,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...