गोरखा, १८ कात्तिक । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उहाँलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।
भुसाल सोमबार गोरखा आउनुभएको र उहाँलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत् विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।
भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो ।