नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

8

काठमाडौँ, १७ कात्तिक । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरूमा भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले छन् ।

सो समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दज्र्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आ–आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवम् कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउनेगरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिहबाट सुशोभित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...