लुम्बिनी लायन्सको एन्थम सार्वजनिक

7

काठमाडौँ, १६ कात्तिक । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)को संघारमा आफ्नो अफिसियल एन्थम (गीत) ‘स्याबास !’ सार्वजनिक गरेको छ ।

बुद्ध दर्शन र खेललाइ एउटै विम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ ।

यो एन्थम मुख्यतः दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुलीले बताउनुहुन्छ । मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन् । ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ ।

हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ
आफैँ आफ्नो काँधमा धाप मारेर भन्छौँ
स्याबास् !

सर्जक भन्नुहुन्छ, “जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंक्तिहरु समेटिएका छन् ।”

बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाई खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ ।

खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास
आयो सास गयो सास, सासलाइ हेरिरह्यो सास
आउने जाने सासलाइ बनाएर साहस
लुम्बिनीले यस्तो खेल्यो सासले भन्यो, “क्या बात् ! स्याबास !”

एन्थमको संगीत संयोजन उज्वल सागरले गर्नुभएको हो । लिरिकल भिडिओको निर्माण विबेक निशानीले गर्नुभएको हो । एनपिएलको ट्रफी टुरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...