काठमाडौँ, १५ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको शुक्रबारको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।
शुक्रबार राति १ बजेदेखि लागु हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रूपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ ।
निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ रूपैयाँले बढेर तथा प्रतिलिटर डिजेलमा १.१९ रूपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।