लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

6

काठमाडौँ, १३ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

जिल्ला क्रिकेट संघ बाँके, नेपालगञ्जको आयोजनामा हुने उक्त कार्यक्रम कात्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुने छ । कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने छ।

कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन् । तीमध्ये एक जना खेलाडीलाई मुख्य टोली (Main Team) मा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली (Development Squad) मा राखिने लुम्बिनी लायन्सले जनाएको छ । छनोट भएका खेलाडीहरू आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन् ।

लुम्बिनी लायन्सले यसअघि नै एनपिएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ ।

यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...