पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : माधव नेपाल

5

काठमाडौँ, १२ कात्तिक । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ ।

बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

उहाँले नेकपा (एमाले)बाट आफूहरू अलग भएपछि चार वर्षको अवधिमा भएका कामले पार्टी विभाजनको औचित्य पुष्टि भएको जिकिर गर्नुभयो ।

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पार्टी महासचिव घनश्याम भुसालले विभिन्न पार्टीसँग भएका वार्ता र एकता कार्यदलको प्रतिवेदन बैठकमा पेस हुने जानकारी दिनुभयो ।

बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकतालगायत विषयमा छलफल हुने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...