मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

12

खाँदबारी, १२ कात्तिक । सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

मंगलबार बिहानदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।

पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको हो । उक्त क्षेत्रमा थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरिएको हो ।

करिब ७० जना विदेशी पर्यटक मकालु आधार शिविरमा रहेको प्रजिअ थपलियाले बताउनुभयो । त्यस्तैगरी नेपाली पर्वतारोही पनि ६०÷७० जनाको सङ्ख्यामा अहिले मकालु आधार शिविरमा रहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...