जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भन्नुभयो- “यो आन्दोलन व्यर्थ नजाओस्”

6

काठमाडौँ, १० कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँ आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय ट्रमा सेन्टर जानुभएको थियो ।

“घाइतेको उपचार राम्ररी भइरहेको छ, केहीको अवस्था सुधारोन्मुख र केहीको अवस्था जटिल छ । उपचारमा कुनै कमी हुन दिइन्न”, मन्त्री शर्माले घाइतेलाई भेटेपछि सञ्चारकर्मीसँग भन्नुभयो, “उहाँहरुको अवस्था हेर्दा साह्रै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ त्यो नगर्नुस् । म सबैलाई यही अनुरोध गर्न चाहन्छु ।”

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल अस्पतालमा देशभर जेनजी आन्दोलनका ११ घाइते उपचाररत् छन् । राष्ट्रिय ट्रमा सेन्टरमा चार, त्रिवि शिक्षण अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेजमा दुई तथा बिएण्डबी र नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...