सर्लाही, ८ कात्तिक । महोत्तरीको गौशाला नगरपालिका –५ स्थित गौशाला बजार क्षेत्रमा सर्लाहीका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतक सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा भएको प्रहरीले जनाएको छ । स्थानीयले बजार क्षेत्रमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । तथापि, उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार मृतकका आफन्तलाई सूचना दिइसकिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।