काभा पुरुष भलिबल : नेपाल तुर्कमेनिस्तानसँग पराजित

6

काठमाडौँ, ३ कात्तिक । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५–२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २७–२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...