काठमाडौँ, ५ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दै सामना गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार नेपाल सम्वत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताउनुभयो । ओलीले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदल्दै सद्भावको सुगन्ध फैलाउनुपर्नेमा जोड दिनुभएको छ ।
“आज नेपाल सम्वत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ,” अध्यक्ष ओलीले भन्नुभएको छ, “राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली– हाम्रो शक्ति हो । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल सम्वत् ११४६ को हार्दिक शुभकामना !’