निर्वाचन सफल बनाउनुको विकल्प छैन : वर्षमान पुन

5

भक्तपुर, ५ कात्तिक । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले देशलाई संवैधानिक रुपमा अगाडि बढाउन आगामी फागनु २१ गतेका लागि तय भएको निर्वाचन सफल बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।

मङ्गलबार नेवाः राष्ट्रिय मुक्ति मोर्चा, भक्तपुरले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापानमा उहाँले सबै राजनीतिक दलहरुले आगामी निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने बताउनुभएको हो ।

निर्वाचनबाट माओवादी पछाडि नहट्ने भन्दै उहाँले आगामी निर्वाचन सफल पार्न माओवादीले सरकारलाई सहयोग गर्ने बताउनुभयो । नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत अन्य दलले पनि निर्वाचन सफल पार्न सहयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

सरकारले चुनावको वातावरण बनाउन दलहरुसँग छलफल सुरु गर्नु सकारात्मक भएको बताउदै नेता पुनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग सकारात्मक भएपनि घुसपैठका कारण ठुलो नोक्सान भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...