जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

8

भक्तपुर, ४ कात्तिक । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट नौ लाख २३ हजार ९६० रूपैयाँ नगदसहित २७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...