नेपाल एसियन कपबाट बाहिरियो

10

काठमाडौँ, २९ असोज । आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ । भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा आज भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरणमा नेपालको यो लगातार चौँथो हार हो ।

समूह एफअन्तर्गत भियतनामविरुद्धको मंगलबारको खेल नेपालमा आयोजना हुने भनिएकामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एसियन कप छनोट खेल खेलाउन सम्भव नभएकाले नेपाली टोलीले भियतनाममा गएर खेल्नुपरेको हो ।

आजको खेलमा नेपाल भियतनामसँग पराजित भएसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ । यसअघि भियतनामविरुद्धको ‘अवे’ खेलमा भने नेपाल ३–१ ले पराजित भएको थियो । त्यसअघि नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओससँग २–१ ले पराजित भएको थियो । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।

आजको खेलमा नेपालका सुमन श्रेष्ठले खेलको पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो । खेलको पाँचौँ मिनेटमा सुमनबाट आत्मघाती गोल भएको थियो । योसँगै चार खेल हारेको नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...