सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

8

काठमाडौँ, २७ असोज । पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सोमबार उनीविरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ ।

२०७९ सालमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ ।

उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...