दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर

6

काठमाडौँ, २२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिइ भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता एवम् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रञ्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिइ भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगले तत्कालीन मन्त्री गुप्ताविरुद्ध ७८ लाख, पूर्वमन्त्री श्रेष्ठविरुद्ध ७८ लाख रूपैयाँ, मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख रूपैयाँ, घरजग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङविरुद्ध ७८ लाख रूपैयाँ, प्रतिवादी खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध २५ लाख रूपैयाँ, प्रतिवादी यामकुमारी गुरुङविरुद्ध ७८ लाख रूपैयाँ, प्रतिवादी तुल्सीराम बुढा मगरविरुद्ध ७८ लाख रूपैयाँ विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...