रामेछाप–काठमाडौँ रुटमा नियमित हवाई उडान पुनः सुरू

9

काठमाडौँ, २२ असोज । रामेछाप–काठमाडौँ हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सीता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।

केही दिनयता रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप–काठमाडौँ उडान स्थगित भएको थियो । असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि हवाई उडान पुनः सुरु गरिएको हो ।

मन्थलीबाट बिपी राजमार्ग हुँदै काठमाडौँसम्मको दुरी करिब १२५ किलोमिटर छ भने चरिकोट हुँदै दोललघाट निस्किएर काठमाडौँ पुग्दा करिब २०० किलोमिटर दुरी पर्छ ।

नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अबदेखि प्रत्येक बुधबार समिट एयर, शुक्रबार सीता एयर र शनिबार तारा एयरले रामेछाप–काठमाडौँ–रामेछाप रुटमा नियमित उडान सञ्चालन गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...