सुत्केरीसहित दुई जनाको हेलिकोप्टरमार्फत् उद्धार

11

काठमाडौँ, १९ असोज । इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ ।

उनीहरुलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माङसेबुङ गाउँपालिका, इलाम नगरपालिका र मानेभञ्ज्याङ इलाकामा पहिरोबाट क्षति भएकाले २१ बाहिनी अड्डा र अन्तर्गतका इकाइबाट सुरक्षाकर्मी परिचालन गरिएको सेनाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...