नेपाल मलेसियासँग पराजित

13

काठमाडौँ १९ असोज । मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् ।

यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । नेपालकी कविता जोशी र कविता कुँवरले समान दुई/दुई विकेट लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...