नेपालले वेस्ट इण्डिजलाई दियो १७३ रनको लक्ष्य

24

काठमाडौँ, १३ असोज । वेस्ट इण्डिजविरुद्धको ऐतिहासिक युनिटी कप टी–२० आई सिरिजको दोस्रो खेलमा आज नेपालले १७३ रनको योगफल बनाएको छ ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको हो । यससँगै वेस्ट इन्डिजले जितका लागि १७४ रनको चुनौती पाएको छ

नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे ।

यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए ।

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुईदुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...