उपत्यका आसपासका अधिकांश नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

28

काठमाडौँ, ८ असोज । काठमाडौँ उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसोदेखिको वर्षापछि अहिले बाढी आएको छ । यहाँका बागमती, विष्णुमती, बल्खु, धोविखोलालगायत नदीमा बाढी आएकाले नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसोदेखिको वर्षा निरन्तर रहिरहे जल सतह पार गर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । काठमाडौँ आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...