कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

27

जनकपुर, ८ असोज । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।”

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा आजका मितिदेखि लागु हुने गरी कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...