काठमाडौँ, ७ असोज । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला दुई लाख २१ हजार ७०० रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रूपैयाँमा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय बढेको हो ।
त्यसैगरी आज चाँदी दुई हजार ६८० रूपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।