समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह

6

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८औँ पुण्यतिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाउनुभएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने धारणा राख्नुभयो । “गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले कांग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पुर्‍याउनुभएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...