आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

10

जनकपुरधाम, ३० भदौ । ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एकथान राइफलसमेत लुटिएकामा ‘सिसिटिभी’ भिडिओका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारपाङ्ग्रे गाडी चारथान, मोटरसाइकल चारथान, सिसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...