काठमाडौँ, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत् उहाँले पार्टी त्याग गरेको घोषणा गर्नुभएको हो ।
उहाँले कहिलै गल्ति नस्वीकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै प्रश्न समेत गर्नुभएको छ । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको समेत उहाँको आरोप छ ।
उहाँले लेख्नुभएको छ,“कहिलै गल्ति नस्वीकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर, त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायाल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडे।”