काठमाडौँ, २५ चैत । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको मृत्यु भएको छ ।
मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभएको छ । उहाँले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको बतउनुभयो ।
बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उहाँको भनाइ छ ।