प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

20

काठमाडौँ, १४ भदौ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरीयतामा हुनुहुन्छ ।

राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा जिम्मेवारी तोकेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...