दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

33

दाङ, ८ भदौ । दाङमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिनुभयो । थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा भने घाइते भएको प्रहरीको भनाइ छ । हाल उनको भालुबाङ अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...