साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

27

काठमाडौँ, ४ भदौ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई/दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् । जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...