जलविद्युत् आयोजना सञ्चालकहरू मालामाल हुने, जनता गरिब भइरहने अवस्था अन्त्य हुनुपर्छ : सांसद माझी

9

काठमाडौँ, २७ साउन । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरिब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

संसद्को आजको आकस्मिक समयमा (माओवादी केन्द्र)की सांसद माझीले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो ।

उहाँले लमजुङ जिल्लामा अहिले ३०० मेगावाटभन्दा बढी बिजुली उत्पादन गरेर जलविद्युत्‌को हब बन्दैगर्दा त्यहाँका युवाहरू भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था भएको उल्लेख गर्दै युवाहरूलाई रोजगारीको लागि सरकारले र सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जलविद्युत् परियोजना सञ्चालहरू मालामाल हुने तर त्यहाँका जनता गरिबीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो ? सरकारले जवाफ दिनुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...