काठमाडौँ, २३ साउन । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रूपैयाँ पुगेको छ ।
बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले वृद्धि भइ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ रूपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।