माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

19

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दै छ ।

यहीे साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राख्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...