हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

14

हुम्ला, ४ साउन । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेसनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिनुभयो ।

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...