खेलाडी र प्रशिक्षक सम्मानित

5

दाङ, २६ असार । जिल्ला क्रिकेट सङ्घले एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप विजेता नेपाली टोलीका सदस्य शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलार्ई घोराहीमा सम्मानित गरेको छ ।

विजेता टोलीका महत्त्वपूर्ण सदस्य लमही नगरपालिका–५ का खनाल र सहायक प्रशिक्षक घोराही उपमहानगरपालिका–१३ का क्षेत्रीलाई घोराहीमा आज आयोजित कार्यक्रममा सम्मान गरेको हो । त्यसअघि दुवैजना सम्मिलित विजयी र्याली निकालिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलाडीको हौसला बढाउन र खेल भावनाको विकास गर्न खेलाडीलाई सम्मान आवश्यक रहेको बताउनुभयो । जिल्लामा खेलाडी उत्पादनको राम्रो सम्भावना रहेको सङ्घका जिल्ला अध्यक्ष प्रदिप मजगैयाले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...