काठमाडौँ, २४ असार । सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत् आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकाले बताउनुभएको छ ।
उहाँका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत् आयोजनामा भएको छ । पुरानो त्रिशूली जलविद्युत् आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उहाँले भन्नुभयो, ‘थ्री बी हब सबस्टेसन सबैभन्दा बढी जोखिममा रहेको छ ।’