देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रममा नपर्नुहोला : गगन थापा

63

काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभएको छ ।

शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौँको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने पत्याउन नहुने बताउनुभयो ।

देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकार्नुभएका महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिनुभयो ।

एसइई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्दै उहाँले अबको जिम्मेवारी विद्यार्थीहरुले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिनुभयो । उहाँले मुलुकमै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्न पनि सुझाव दिनुभयो ।

आयोजक संस्थाका अगुवा एवम् कांग्रेस नेता सुशील भट्टले एसइई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको भन्दै नव युवाहरुलाई प्रोत्साहित गर्न आफू सधैँ तत्पर रहने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...