जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति : प्रचण्ड

17

मोरङ, ३१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको बृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताउनुभयो । त्यस अवसरमा उहाँले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिकमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता औँल्याउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...