नेताले मुलुक र जनता हेर्छ, मुर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी

17

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताउनुभएको छ ।

सोमबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताउनुभयो ।

मुर्खहरुको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उहाँले रातो किताब ठुला ठुला र करोडौँ लगानी भएको योजनाहरु काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारी पैसालाई आफ्नो पार्टी र भ्रातृ संस्थाका लागि प्रयोग गर्‍यौँ भने दुरुपयोग हुन्छ । एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ । मुर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मुर्खहरुको बाहुलीयता भएको ठाउँमा मेरो भनाइको के अर्थ हुन्छ । रातो किताब आएपछि थाहा हुन्छ । ठुला–ठुला र करोडौँ लगानी भएको योजनाहरु काटिएका छन् । कार्यकर्ता हेरेर बजेट राखिएको छ ।”

यस्तै, उहाँले सदन बन्द गर्ने ठाँउ नभएको भन्दै नारा जुलुस गर्ने ठाउँ बाहिर भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...