ममाथि उठेका प्रश्नको जवाफ संसद्‌मै दिन्छु : गृहमन्त्री लेखक

23

काठमाडौँ, २१ जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ संसद्‌मै दिने बताउनुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सबै सांसदहरूले जवाफ दिन सम्भव नभएको भन्दै आफूले यस प्रकरणको जवाफ संसद्‌मै दिने र त्यसको व्यवस्था मिलाइदिन सबै सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

उहाँले संसद्‌मा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने बताउँदै आफूमाथि उठेका सबै प्रश्नको जवाफ संसद्‌मा दिने बताउनुभयो ।

भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका कर्मचारीहरुमाथि छानविन सुरु गरेपछि विपक्षी दलहरुले गृहमन्त्री लेखक पनि यस प्रकरणमा संलग्न भएको भन्दै राजीनामा मागेर संसद अवरोध गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...