विपक्षी दलको निष्कर्ष- भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन र गृहमन्त्रीको राजीनामा हुनैपर्छ

31

काठमाडौँ, २० जेठ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउने, अनुसन्धानलाई सहयोग गर्दै गृहमन्त्री लेखकले राजीनामा दिने र यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने निर्णय गरेको छ ।

विपक्षी दलहरुको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकले हाल सभामुख देवराज घिमिरेसँग छलफल गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...