प्रधानमन्त्री ओली र देउवाबीच संसद्को अवरोध हटाउने विषयमा छलफलमा

31

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुट्नुभएको छ ।

बुधबार बिहान सभापति देउवा गृहमन्त्री रमेश लेखक र स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग संसद्को अवरोध हटाउने विषयमा छलफल गरिरहेको बताइएको छ ।

बालुवाटार स्रोतका अनुसार बिहीबार बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेकाले संसद्को अवरोध खुलाउन प्रधानमन्त्री ओली र देउवा छलफलमा जुट्नुभएको हो ।

सबै विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाउँदै संसद् अवरोध गरेपछि सरकार अप्ठ्यारोमा परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...