प्रधानमन्त्री ओलीले लिए मौसम विज्ञान विभागको अध्ययनबारे जानकारी

37

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुन आउनु अगाडि जल तथा मौसम विज्ञान विभागको अध्ययनबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले मौसमजन्य विपत हुन नदिन पूर्वतयारीका विषयमा विभागको कार्यालय पुगेर यसबारे भएको तयारीबारे जानकारी लिनुभएको हो ।

उहाँले अब यस्ता विपत् हुन नदिन विपत् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने बताउनुभयो । उहाँले वर्षा आउन लागेकाले सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...