गृहमन्त्रीको पक्ष र विपक्षमा सांसदहरु

12

काठमाडौँ, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उहाँले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगरीमा महिलाहरुलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठुलो रहेको भन्दै यो कुनै राजनीतिक संरक्षक बिना सम्भव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किन लुट्नु भयो भन्ने कुरा मात्र हो । कर्मचारीप्रति कुनै सरोकार छैन । तपाई (गृहमन्त्री) जिम्मेवारीको प्रश्न छ । यो विषय अहिले आएर उब्जिएको एउटा कथा मात्र हो । तर, नेपालमा यो चलिरहेको थियो । २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगारीमा जान महिलाहरुलाई जुन किसिमको बन्देज गरियो, त्यसपछि लुटेराहरुले सञ्जाल नै बनाएर लुट्न सुरु गरेका हुन् । यसमा राजनीतिक संरक्षण छ ।’

यस्तै, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीले पठाएको एउटा कर्मचारीले गरेको बद्‌मासीको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुरा जायज नभएको बताउनुभयो । अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले पठाएको एक कर्मचारीले गरेको बद्‌मासीका आधारमा गृहमन्त्रीले राजीनामा दिुपर्छ भन्ने कुरा जायज छैन । अख्तियारमा मुद्दा परेकै भरमा राजीनामा दिने परम्पराको विकास गरिनु राम्रो भएन । यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल हुँदा एकजना मुख्यसचिवलाई अख्तियारले मुद्दा चलायो, प्रधानमन्त्रीले राजीनामा दिए त ?’

Share This:
सम्बन्धित खबर
Loading...