जिप दुर्घटनामा बाजुरा टेलिकमका प्रमुखसहित तीन जनाको मृत्यु

9

बाजुरा, १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मंगलबार बा५च २२०९ को जिपमार्फत पिलुचौरबाट काँडाकोट रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का सवार गाडी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुख लोक बहादुर खड्का, जिप चालक कर्ण महत र बाजुरा, बडिमालिका नगरपालिका ढम्कनेका रबिन्द्र धामी रहेका छन् ।

घाइते बाजुरा, बुढिनन्दा नगरपालिका २ कोल्टीका अन्दाजी २५ वर्षीय नन्द तिरूवा र अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरूवा रहेका छन् । घाइतेलाई कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...