गृहमन्त्री लेखकले राजीनामा दिएर मात्र हुँदैन, छानबिन समेत हुनुपर्छ : रास्वपा

41

काठमाडौँ, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

यो सामान्य भ्रष्टाचारको विषय मात्र नभएको भन्दै सांसद खनालले गृहमन्त्रीको सचिवालयको समेत संलग्न रहेको विषय बाहिर आएकोले राजीनामा नदिएसम्म संसद्को गतिविधि अगाडि बढ्न नसक्ने बताउनुभयो ।

यसअघि माओवादी केन्द्रका नेता वर्षमान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्को नियमित गतिविधि सञ्चालन हुन नदिने बताउनुभएको थियो ।

पुनले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सिधैँ संलग्नता छ भनेर आफूहरुले नभन्ने तर छानबिन प्रभावित हुन सक्ने हुनाले राजीनाम दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...